माधव नेपाल र वामदेव गौतमबीच भेटघाट पार्टी एकताबारे छलफल

2080/01/27

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ ।

मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो । नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुुभयो  । 

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपाल सहित महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो  ।