एकीकृत समाजवादीको उप सचिवमा संजेल

2079/07/03

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को कार्यालय उपसचिवमा केदार संजेल चयन हुनु भएको छ । मंगलबार बसेको पार्टीको ४१ औं पूर्ण बैठकले संजेललाई पार्टीको कार्यालयको उप सचिवमा चयन गरेका हो । 

बिहीवार पार्टीको केन्द्रीय कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीहरु संगको बैठकमा पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले उपसचिव संजेललाई बधाइ तथा शुभकामना दिनुभएको थियो ।

कार्यालयको जिम्मेवारी बहन गर्दै उपसचिव संजेलले पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्ने भन्दै कार्यालय पार्टी र नेताहरुको सम्वन्वय सहकार्य र सहअस्तित्वको आधारमा अगाडि बढ्ने प्रतिवध्दता जनाउनु भयो । 

संविधान सभा सदस्य संजेल पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्ष सहित पार्टीको संगठन विभाग सदस्य लगायतका जिम्मेवारीमा हुनुहुन्छ । झापा जन्म घर भएका सञ्जेल हाल भक्तपुरमा रहँदै आउनु भएको छ ।