हाम्रो पार्टी बारे

बौद्धिक एवं वैचारिक व्यक्तित्व : मदनकुमार भण्डारी

नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त बौद्धिक एवं वैचारिक व्यक्तित्वका रूपमा  सुपरिचित नाम हो– मदनकुमार भण्डारी । सोभियत सङ्घको विघटनपछि विश्व समाजवादी आन्दोलनमा केही धक्का लागेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा सामन्तवाद  एवं साम्राज्यवाद विरोधी आन्दोलनलाई अगाडि बढाउने कुरा चुनौति पूर्ण बनेको थियोे । यस्तो स्थितिमा मदन भण्डारीले माक्र्सवादलाई सृजनात्मक रूपमा लागु गर्न  र नेपालमा पुँजीवादी जनवादी क्रान्ति गर्ने  कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको कार्यक्रम अगाडि सार्नुभयो र एक सशक्त वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । उहाँको जन्म वि.सं २००९ साल असार १४ गते नेपालको सुदूर पूर्वको जिल्ला ताप्लेजुङको ढुङ्गे साँगुमा बुबा देवीप्रसाद र आमा चन्द्रकलाका सुपुत्रका रूपमा भएको थियो भने मृत्युु २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षड्यन्त्रपूर्वक गरिएको गाडी दुर्घटनामा परेर भएको थियोे ।
मुलुकको वाम एवं प्रजातान्त्रिक आन्दोलनमा प्रखर वैचारिक व्यक्तित्वका रूपमा स्थापित मदन भण्डारी राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको देशभक्तिपूर्ण आन्दोलनमा पनि अग्रणी व्यक्तित्वका रूपमा देखापर्नुभएको थियो । उहाँ एक जनप्रिय नेताका रूपमा सुपरिचित हुनुहुन्थ्यो । ३७ वर्षकै उमेरमा कम्युनिस्ट पार्टीको सर्वाेच्च पद महासचिवमा निर्वाचित भएर नेतृत्वदायी भूमिका खेल्नुभएका भण्डारीले ४० वर्षको उमेरमा जबजको विचार अगाडि सारेर नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण र  लोकतान्त्रीकरण गर्ने नवीन विचारसहित वैचारिक नेतृत्व गर्नुभएको थियोे ।
मदन भण्डारीले अगाडि सार्नुभएको सोचअनुसार नै वाम एवं लोकतान्त्रिक शक्तिका आह्वानमा २०४६ सालमा भएको  शान्तिपूर्ण संयुक्त जनआन्दोलनबाट निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको हो । यसैको निरन्तरतास्वरूप २०६२÷६३ मा भएको शान्तिपूर्ण जनक्रान्तिको सफलताबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा गर्न सम्भव भएको  हो । यसरी मुलुकमा जुन युगान्तकारी परिवर्तन भयो, त्यो भण्डारीले अगाडि सार्नुभएको विचार जबजकै आलोकमा सम्भव भएको हो ।
मदन भण्डारी ४÷५ घन्टासम्म पार्टीका कार्यक्रमहरूमा निरन्तर बोल्न सक्ने र सार्वजनिक जनसभाहरूमा श्रोतालाई आकर्षित गर्न र प्रेरित गर्न सक्ने प्रखर वक्ता हुनुका साथै सशक्त लेखक, कवि, एवं गीतकार पनि हुनुहुन्थ्यो । पार्टी कार्यकर्तालाई असाध्यै माया र प्रोत्साहन गर्ने भण्डारी  भनसुन, नातावाद र पदलोलुपताको विरोधी हुनुहुन्थ्यो । पार्टीमा सामूहिक नेतृत्वको विकास र अभ्यासमा महŒवपूर्ण योगदान पु¥याउनुहुने भण्डारी पार्टीभित्र उत्पन्न हुने विवाद र बहसलाई व्यवस्थापन गर्ने कुशल नेताका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।  सादा जीवन, उच्च विचार र आदर्शका प्रतिमूर्ति भण्डारी २०४६ सालमा तत्कालीन नेकपा मालेको महासचिवका रूपमा निर्वाचित हुनुभएको थियो । भण्डारीले वाम एकताका लागि गरेको पहलस्वरूप २०४७ मा तत्कालीन नेकपा माले र माक्र्सवादी पार्टीबिच पार्टी एकता सम्भव भयो र नेकपा एमालेका रूपमा अगाडि बढाउने क्रममा मनमोहन अधिकारीलाई अध्यक्षका रूपमा अगाडि सारेर मदन भण्डारी आफू चाहिँ महासचिव पदमा रहनुभयो । मदन भण्डारीमा पार्टीभित्र व्यक्तिलाई रूपान्तरण गर्ने कौशल थियोे । 
मदन भण्डारीले अगाडि सारेको जबजका विचारका तथाकथित हिमायतीहरूले यतिबेला कम्युनिस्ट आन्दोलनलाई बुर्जुवाकरण र विसर्जन वादका दिशामा धकेल्ने काम गरिरहेका छन् ।  जनताको अभिमत लिएर सत्तामा पुगेपछि श्रमजीवी वर्गको हित र उत्थानका लागि काम गर्ने र जनताको मन जित्ने काम हमेसा कम्युनिस्ट पार्टीले गर्नुपर्दछ भनेर विचार राख्ने मदन भण्डारीको विचार विपरीत सत्तामा पुगेपछि सर्वसत्तावादी बन्ने, असंवैधानिक तबरले पटकपटक संसद विघटन गर्ने, सर्वहारा श्रमजीवी वर्ग र किसानको हितभन्दा पनि दलाल पुँजीपतिहरूलाई साथ र सहयोग पु¥याउने काम कम्युनिस्ट सरकारले गरेको परिणामस्वरूप ऊ सत्ताबाट च्यूत भयो । यसबाट मदनका विचारको उपहास गर्ने काम भएकोे छ । 
मदन  भण्डारी  राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिने र अडान राख्ने नेता हुनुहुन्थ्यो । उहाँले राष्ट्रियतको रक्षाका लागि राष्ट्रहितविरोधी टनकपुर सन्धिका विरुद्ध भएको आन्दोलनको अगुवाइ गर्नुभयो  तर अहिले मदन भण्डारीको अनुयायी भनेर चिनाउनेहरूले सरकारमा पुगेपछि राष्ट्रिय आत्मसमर्पणको नीति लिएका कारण मुलुकको राष्ट्रियताको संरक्षण र सम्बर्धन गर्न चुनौती खडा भएको छ । मदन भण्डारी कम्युनिस्ट पार्टीलाई विधि, पद्धति र सामूहिकताका आधारमा सञ्चालन गर्नुपर्छ भनेर हमेसा जोड दिनुहुन्थ्यो तर अहिले व्यक्ति पार्टीमा सर्वेसर्वा हुने, भिन्न मत राख्नेहरूप्रति असहिष्णु बन्ने, तेजोबध गर्ने, गुटको नेता हुने जुन परिपाटी हुर्केको छ, यसले गर्दा कम्युनिस्ट आन्दोलनमा विद्रोह र पुनर्गठनको प्रक्रिया  पनि अगाडि बढिरहेको छ । 
मदन भण्डारीको रहस्यमय मृत्यु भएको २५ वर्ष भएको छ । वामपन्थीहरू दुई तिहाइको जनमतका साथ सरकारमा पुगेका बेला पनि मृत्युका बारेमा छानबिन गर्ने कुरासम्म उठेन । अहिलेसम्म पनि सत्यतथ्य कुरा बाहिर ल्याउने गरी कुनै पनि सरकारले काम नगर्नु आश्चर्यजनक विषय बनेको   छ । 
यतिबेला दक्षिणपन्थी, अवसरवादी तथाकथित कम्युनिष्टहरूका विरुद्ध सही विचार बोकेका बामपन्थी शक्तिहरूको ध्रुवीकरण आवश्यक छ । यसो हुन सकेमा मात्र मदन भण्डारीले अगाडि सारेका विचारको साँचो रूपमा कार्यान्वय हुन सक्छ ।